नेपालले आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने यु-१९ विश्वकप क्रिकेटको यात्रा तय गरेको छ । बिहीवार एसिया क्षेत्र छनोटअन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध ७ रनको रोमाञ्चक जित हात पार्दै नेपाल विश्वकपमा छनोट भएको हो ।
नेपालले सन् २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने भएको हो ।
नेपालका लागि हेमन्त धामिले ४२ ओभर २ बलमा युएईका इथान कार्ल डिसुजालाई आउट गरे दिपेस कडेलले ३४ ओभर ३ बलमा युएईका ध्रुव पराशरलाई आउट गरे ।
सुबास भण्डारीले २१ ओभर ६ बलमा युएईका आयान अफजल खानलाई आउट गर्दा २० ओभरमा यूएईका आरेन सक्सेनालाई दिपेस कडेलले आउट गरेका हुन् । सुबास भण्डारीले १८ ओभरमा यूएईका आरेनस शर्मालाई आउट गरे ।
यसअघि अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो । नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीए इनिङ खेले। देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए ।
त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरेका थिए। नेपालका लागि दिपेश कडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरेका थिए ।
बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिएका थिए भने हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिएका थिए ।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको थियो । जसमा नेपाल यसअघि खेलेका चार वटै खेलमा विजयी भएको थियो । नेपालले यसअघि सिङ्गापुर, कुवेत, हङकङ र मलेसियालाई पराजित गरेको थियो ।































प्रतिक्रिया