आशिफ र सन्दीपको जोडी जम्दा नेपालको रोमाञ्चक जित, पपुवा न्युगिनी स्तब्ध

आशिफ र सन्दीपको जोडी जम्दा नेपालको रोमाञ्चक जित, पपुवा न्युगिनी स्तब्ध

केन्द्रबिन्दु
0
Shares

नेपाललले आइसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध ३ विकेटकाे रोमाञ्चक जित हात पारेको छ । 

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पपुवा न्युगिनीले जितका लागि दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो । क्रिजमा ओपनर आशिफ शेख र साता नेपालका सातौँ नंबरमा आएका बलर सन्दीप लामिछानेको जोडी जम्दा नेपालले जित निकाल्न सफल भएको हो । ३२ ओभरमा ७ विकेट गुमाएर १०५ रनमा रोकिएको नेपालका लागि आशिफ र सन्दीपको जोडीले जितसम्म पुर्यायो । आठौं विकेटका लागि ७७ रनको साझेदारी नेपालको अहिलेसम्मको धेरै हो ।

ओपनर आशिफले अविजित अर्धशतकीय इनिङ्स खेले । क्रिजमा जमेका उनले १३० बलमा ८६ रन जोडे । त्यस्तै, आशिफलाई साथ दिन आएका सन्दीपले पनि ३५ रन बनाए । साथै कुशल मल्लले २३ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा जम्न सकेनन् । अर्का ओपनर कुशल भुर्तेल पहिलो ओभरको पहिलो बलमै रोयल डकआउट भएका थिए भने कप्तान रोहितकुमार पौडेल, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रपसिंह ऐरी सस्तैमा समेटिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पपुवा न्युगिनीले निर्धारित ४९.१ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियाे । पपुवा न्युगिनीका ओपनर टोनी उराले सर्वाधिक ३९ रन जोडे । साथै हिरी हिरीले ३१ रन, किप्लीन डोरिगाले २६ रन, गाउडी टोकाले १५ रन, नर्मन भनुआले १४ रन तथा कप्तान असाद भाला र सेसे बाउले समान ११/११ रन जोडे । 

बलिङतर्फ नेपालका लागि सोमपाल र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए । साथै सन्दीप लामिछाने, करण केसी र कुशल मल्लको नाममा एकएक विकेट रह्यो ।

जारी सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजति गरेको थियो भने दोस्रो खेलमा युएईसँग हार बेहोरेको थियो। नेपाल ३१ खेलमा ३० अंकका साथ छैटौं स्थानमा छ। नेपालले शीर्ष पाँचमा रहन सके सोझै एकदिवसीय मान्यता प्राप्त गर्नेछ। यदि नेपालले लिग–२ को शीर्ष पाँचमा पर्दै सोझै एकदिवसीय मान्यता प्राप्त गर्न नसके क्वालिफायर प्ले अफमा अन्तिम मौका हुनेछ। 

Skip This
Skip This
Logo