युएईविरुद्ध नेपालको कमजोर सुरुवात

युएईविरुद्ध नेपालको कमजोर सुरुवात

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसिसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध कमजोर सुरुवात गरेको छ । 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ११ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ४९ रन बनाएको छ । जसमा ओपनर आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कप्तान रोहितकुमार पौडेल पेभेलियन फर्किएका छन् ।  

तीव्र गतिका बलर जुनैद सिद्दिकको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेख सट लेगमा आयन खानले उत्कृष्ट क्याच लिएपछि ६ रनमा आउट भएका हुन् । साथै ज्ञानेन्द्रलाई ११ रनमा ८ ओभरको अन्तिम बलमा युएईका सिद्दिकले आईबीडब्ल्यूमा आउट गरे । रोहित पनि १ रनमै पेभेलियन फर्किए । 

Logo