सबै खेलमा सुखद् नतिजाको अपेक्षा राखेका छौं -कप्तान पौडेल

सबै खेलमा सुखद् नतिजाको अपेक्षा राखेका छौं -कप्तान पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने श्रृंखलाका सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा रहेको बताएका छन् । 

विश्वकप क्रिकेट लिग -२ अन्तर्गत नेपालले बिहीवारबाट लिगको अन्तिम श्रृंखला खेल्दैछ । श्रृंखलामा भ्रमणकारी टोलीद्वय संयुक्त अरब इमिरेट्स (युएई), पपुवान्युगिनी (पिएनजी) र नेपालले सहभागिता जनाउँदै छन् । 

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुने श्रृंखलामा नेपालले सबै खेलमा सुखद् नतिजा निकाले विश्वकप छनोटको मौका पाउने भएकाले नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने बताएका हुन् । 

उनले पछिल्लो पटक भ्रमण गरेका देशसँग पुनः घरेलु मैदानमा खेल्दा टोलीलाई दर्शकको साथ हुने र थप बलिङ र ब्याटिङ पक्ष सबै थाहा हुने भएकाले खेल्न सहज हुने बताए । घरेलु मैदान भएकाले पनि नेपाली टोलीका लागि थप सहज हुने उनको तर्क थियो । 

शीर्ष तीनमा अटाउनका लागि गरिएको योजना अनुसार श्रृंखलाका खेलहरु भइरहेको र अन्तिम श्रृंखलामा पनि अपेक्षा अनुसारको नतिजा आउने कप्तान रोहितले बताए । उनले युएई भ्रमणमा ब्याटिङ पक्षमा केही कठिन भएको तर कीर्तिपुर मैदानको अवस्थामा सबै खेलाडी अभ्यस्त भएकाले राम्रो खेल हुने विश्वास व्यक्त गरे ।  

उनले कुशल भुर्तेल चोटमुक्त हुँदै खेलमा फर्किने समेत बताए । 

यस्तै प्रशिक्षक मोन्टी देशाई बिहीवार हुने चार खेलमा आफू केन्द्रित रहेको र सबै खेल कठिन भएको बताए । युएई र पिएनजी दुवै टोली बलियो प्रतिद्वन्द्वी भएको र लिगको अन्तिम श्रृंखला भएकाले खेलहरु प्रतिष्पर्धात्मक हुने अपेक्षा उनले राखे । 

Logo