पपुवा न्युगिनीमाथि नेपालको सानदार जित, सन्दीपले लिए ४ विकेट

पपुवा न्युगिनीमाथि नेपालको सानदार जित, सन्दीपले लिए ४ विकेट

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीमाथि सानदार जित हात पारेको छ । बिहीवार भएको सिरिजको पहिलो खेलमा नेपालले ५२ रनको जित हात पारेको छ । 

टियु क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २९८ रनको विशाल लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४७.१ ओभरमा अलआउट हुँदै २४५ रनमै समेटिएको हो । पपुवा न्युगिनीका लागि नर्मन भनुआले सर्वाधिक ६० रन जोडे । त्यस्तै, ओपनर टोनी उराले ५० रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान असाद भालाले ४२ रन तथा किप्लीन डोरिगाले २६ रन जोडे । 

May be an image of 5 people, people playing sports, people standing and outdoorsबलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, दीपेन्द्रसींह ऐरीले २ विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९.१ ओभरमा अलआउट हुँदै २९७ रन बनाएको थियो । यो नेपालको ओडिआई इतिहासकै विशाल योगफल हो । नेपालका ओपनरको उत्कृष्ट सुरुवातमा नेपालले रनको विशाल योगफल तयार पार्न सफल भएको हो ।

May be an image of 2 people, people standing and outdoorsओपनर आशिफ शेखले सानदार शतकीय इनिङ्स खेले । उनी ११० बलमा ११० रन बनाउँदै क्याच आउट हुन पुगे । साथै उनले एकदिवसीय क्रिकेट करिअरमा हजार रन पूरा गरेका छन् । सन् २०२१मा सेप्टेम्बर ७ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले नेपालका लागि ३२ खेल खेलेका छन् ।

पहिलो विकेटका लागि ओपनरद्वय शेख र कुशल भुर्तेलले ११० रनको साझेदारी गरेका थिए । भुर्तेल ४५ रनमा क्याच आउट हुन पुगे । त्यस्तै, भीम सार्कीले ४४ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ३० रन, आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन जोडे । 

बलिङतर्फ पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमियाले सर्वाधिक ५ विकेट लिए । त्यस्तै, रिले हेकुरेले ३ विकेट तथा अलि नावले एक विकेट लिए ।

नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ। नेपालले अव एक खेल जिते ३६ अंक हुनेछ । सो अंक शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ। । सातौँ स्थानमा रहेको पीएनजीको समान खेलबाट ९ अंक छ।

Skip This
Skip This
Logo