पपुवा न्युगिनीविरुद्ध युएईको लगातार चौथो हार, शीर्ष तीनमा रहने सम्भावना समाप्त

पपुवा न्युगिनीविरुद्ध युएईको लगातार चौथो हार, शीर्ष तीनमा रहने सम्भावना समाप्त

केन्द्रबिन्दु
0
Shares

पपुवा न्युगिनीले आइसीसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईमाथि सानदार जित हात पारेको छ । शुक्रबार भएको खेलमा पपुवा न्युगिनीले ५६ रनको जित निकालेको हो । 

त्रिवि क्रिकेट मैदानमा जितको लागि २४७ रनको विजयी लक्ष्य पछ्याएको युएई ४२.२ ओभरमा अलआउट हुँदै १९० रनमा समेटिएको हो । युएईका लागि युवा ब्याटर आर्यन लाक्राले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै, ओपनर तथा कप्तान मोहम्मद वासिमले ४१ रन जोड्दै आक्रामक सुरुवात दिलाए पनि मध्यक्रमका अन्य ब्याट्सम्यान चल्न सकेनन् । 

May be an image of 2 people, people playing sports and text

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनाएको थियो । पपुवा न्युगिनीका सेसे बाउले सर्वाधिक ८१ रनमा अविजित रहे । त्यस्तै, ओपनर हिरि हिरिले ७७ रन तथा किप्लीन डोरिगाले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । 

May be an image of 10 people, people standing and people playing sportsयुएईका आयन खानले ३ विकेट लिए । त्यस्तै, जाहुर खान र जुनैद सिद्धिकीको नाममा २/२ विकेट रह्यो । 

जितसँगै तालिकाको पुछारमा रहेको पपुवा न्युगिनीको मात्रै ११ अंक छ। तर, पपुवा न्युगिनीविरुद्ध लगातार चौथो हार व्यहोरेकाे युएईको ३३ खेलमा ३१ अंक छ । याे हारले युएईको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने सम्भावना समाप्त हुँदा ओडिआई मान्यता प्राप्त पनि जोखिममा परेको छ । यसै साता युएईलाई उसकै मैदानमा पपुवा न्युगिनीले दुवै खेलमा नै हराएको थियो । 

नेपाल, यूएई र पीएनजी सम्मिलित यो शृंखला लिग–२ को अन्तिम शृंखला हो । शृंखलाको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो । लिग–२ बाट शीर्ष तीन टिमले जिम्बाब्वेमा १८ जुनदेखि ९ जुलाइसम्म हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । 

३४ अंका साथ तालिकाको पाँचौँ स्थानमा रहेको नेपालले आइतबार युएईको सामना गर्नेछ । सो खेलमा नेपालले जित हात पारेको खण्डमा सोझै ओडिआई मान्यता जोगाउनुका साथै विश्वकप छनोट सम्भावना कायमै राख्नेछ । तर, युएईले हार व्यहोरेको खण्डमा ओडिआई मान्यता पनि गुमाउनेछ ।

Skip This
Skip This
Logo