पिएसजीलाई जिताउन एमबाप्पेको निर्णायक गोल

पिएसजीलाई जिताउन एमबाप्पेको निर्णायक गोल

केन्द्रबिन्दु
0
Shares

केलियन एमबाप्पेको निर्णायक गोलमा शीर्षस्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रोमाञ्चक जित निकालेको छ।

बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर फ्रान्सेली फरवार्ड एम्बाप्पेले गोल गरेपछि पिएसजीले घरेलु टोली ब्रेस्टलाई २–१ ले हराउँदै शीर्षस्थानमा ११ अंकको अग्रता बनाएको हो। शनिबार राति ब्रेस्टमा भएको खेलको ३७ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाए। तर ४३औं मिनेटमा फ्रान्क होनोरटले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए। 

अत्यन्तै प्रतिस्पर्धात्मक खेल बराबरीमै सकिन लागेको बेला खेलको अन्त्यमा एमबाप्पेले लियोनेल मेसीको पासमा गोल गर्दै पिएसजीलाई स्पष्ट ३ अंक दिलाए। यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६६ अंक पुगेको छ।

पराजित ब्रेस्ट २३ अंक जोडेर १५औं स्थानमा छ।

Skip This
Skip This
Logo