इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेटमा नेपाल विजयी

इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेटमा नेपाल विजयी

केन्द्रबिन्दु
0
Shares

विराटनगरमा जारी प्रथम रेडमण्ड इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताको अन्तिम सीमित ओभरको खेलमा घरेलु टोली विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमी(विसिसिए) ले जितेको छ ।

४ खेलको क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि-२० क्रिकेट एसोसिएनलाई नेपालले लगातार जितेको हो ।  मंगलबार  सम्पन्न भएको सिरिजको अन्तिम सीमित ओभरको खेलमा पिसिसिएले भारतको महिला टोलीलाई ४९ रनले पराजित गरेको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित ३० ओभरमा ४ विकेट गुमाई १ सय ४४ रनको स्कोर बनाएको थियो । घरेलु टोलीका लागि कप्तान रुविना क्षेत्रीले ५९ रन बनाउँदा सम्झना खडकाले नटआउट २४ रन बनाइन् ।  भारतकी कप्तान रितु भोस्लेले सर्वाधिक २ विकेट लिए ।

Logo