आर्मीलाई हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा

आर्मीलाई हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

विराटनगर जावलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार राति भएको दोस्रो क्वार्टरफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गरेर जावलाखेल अन्तिम चारमा पुगेको हो।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुवै टिमबाट गोल नभएपछि खेलको छिनोफानो सडेन डेथबाट गरिएको थियो। टाइब्रेकरमा पनि दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडनडेथमा पुगेको थियो। सडनडेथमा जावलाखेलको तर्फबाट सीमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङले गोल गरे।

आर्मीको तर्फबाट टंक बस्नेत, टेक बहादुर बुढाथोकी, कप्तान जिलेस्पी जंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए भने सेसेहाङ आङदङबेको प्रहार बाहिरिँदा आर्मी पराजित भयो। जावलाखेलका सीमान्त खेलको म्यान अफ द म्याच घोषित भएका छन्।

अब जावलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्नेछ। शनिबार तेस्रो क्वार्टरफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ।

Skip This
Skip This
Logo