विराटनगरस्थित सहिद रंगशालामा जारी सातौँ संस्करणको विराट गोल्डकपको पहिलो चरणको अन्तिम खेलमा भारतीय लुका सकर क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समय र अतिरिक्त ३० मिनेटको खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुट आउटमा पनि ५–५ गोल भएको थियो । पेनाल्टीमा पनि बराबर भएपछि खेल सडनडेथमा धकेलिएकाे हाे ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि सडनडेथमा संकटा क्लबमाथि ८–७ गोलअन्तरको नतिजा निकाल्दै लुका सकर सेमिफाइनलमा प्रवेश गरेको हो ।
फाइनल प्रवेशमा लागि अब लुका सकरले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नुपर्नेछ । एपीएफ विराट गोल्डकपको साविक विजेता हो ।प्रतियोगिातको पहिलो सेमिफाइनल खेल आज घरेलु टोली विराटनगर सिटी एफसी र जावलाखेल युथ क्लबबीच हुनेछ ।































प्रतिक्रिया