सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि विराटनगर सिटीलाई

सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि विराटनगर सिटीलाई

केन्द्रबिन्दु
0
Shares

सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि घरेलु टोली विराटनगर सिटीले जितेको छ ।

घरेलु टोली विराटनगरले ६१ वर्षपछि दोस्रो पटक गोल्डकपको उपाधि हात पारेको छ। विराटनगरको शहीद रंगशालामा बिहीबार बेलुकी भएको फाइनल खेलमा भारतीय क्लब लुका सकरलाई ४-० गोल अन्तरले पराजित गर्दै विराटनगरले उपाधि जितेको हो ।

वर्षको लिग विजेता मछिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको विराटनगरलाई जिताउनका लागि अफिज ओलावालेले, विमल घर्तिमगर, मेसुके ओलोमोउ र अभिषेक गुरुङले एक–एक गोल गरेका हुन् । खेलको सातौं मिनेटमा विमल घर्तिमगरले डि बक्स बाहिरबाट दिएको पासलाई अफिज ओलावालेले उत्कृष्ट फिनिसिङ गरेका थिए ।

७१ औं मिनेटमा विराटनगरले पेनाल्टी पाएको थियो । मेसुके ओलामोले गरेको प्रहारलाई लुका सकरका कप्तान मोहम्मद अर्सदले डी बक्समा क्लियर गर्दा ह्यान्ड भएपछि विराटनगरले पेनाल्टी पाएको थियो । विधागततर्फ उत्कृष्ट भएकालाई नगद जनही २५ हजार रुपैयाँ र मुख्य प्रायोजक काब्रा ग्रुपबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

Logo