ललितपुर मेयर कपमा एपिएफसँग कोसी पराजीत

ललितपुर मेयर कपमा एपिएफसँग कोसी पराजीत

केन्द्रबिन्दु
0
Shares

ललितपुर मेयर कपमा एपिएफले फाइनल खेलमा कोसीलाई हराएकाे  छ ।  कप्तान सीता रानामगरको उत्कृष्ट प्रदर्शनमा लगातार ५४ रनकाे उत्कृष्ट प्रदर्शनसँगै एपिएफ क्लबले ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिमाथि ह्याट्रिक गरेको हाे ।

त्रिवि मैदानमा बिहीबार भएको फाइनलमा एपिएफले कोसी प्रदेशलाई ५४ रनले पराजित गरेकाे  छ । एपिएफलाई उपाधि दिलाउने क्रममा कप्तान सीताले लगातार चौथो खेलमा प्लेयर अफ दी म्याच जितिन् ।

उनी नै प्रतियोगिताको प्लेयर अफ दी सिरिज घोषित भइन् । एपिएफले अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई समान आठ विकेटले हराएको थियो । जितसँगै एपिएफले दुई लाख र उपविजेता कोसीले एक लाख रुपैयाँ प्राप्त गरेका छन् । 

Skip This
Skip This
Logo