नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ भएको फाइनल खेलमा लाअोसमाथि नेपाल २-१को पुनरागमन जित निकाल्दै च्याम्पियन बनेको हो ।नेपालको जितमा आयुष घलान र मनिष डाँगीले समान एकएक गोल गरे । साथै लाअोसका लागि फोउचाङभोङले एक गोल गरेका थिए ।
खेलको १७औं मिनेटमा लाओसका फोउचाङभोङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि २४औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए । एरिक विष्टले मिलाइदिएको पासमा उनले गोल गरे ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा नेपालले २-१ को अग्रता लिन सफल भयो । ८६औँ मिनेटमा मनिषले उत्कृष्ट गोल गर्दै नेपाललाई उपाधि दिलाए ।
लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । लाओसले दोस्रो स्थानमा रहदै नेपालसँगको फाइनल पक्का गरेको थियो । भुटान भने लिग चरणबाट बाहिरिएको थियो । प्रतियोगिताको विजेता नेपालले पुरस्कारस्वरुप ५ हजार अमेरिकी डलर पाएको छ । साथै दोस्रो लाअोसले ३ हजार डलर पाउने भएको छ ।





























प्रतिक्रिया