इङ्गलिस प्रिमियर लिग : जेमी भर्डीले सर्वाधिक गोलकर्ता हुँदै जिते गोल्डेन बुट

इङ्गलिस प्रिमियर लिग : जेमी भर्डीले सर्वाधिक गोलकर्ता हुँदै जिते गोल्डेन बुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यो सिजनको इङ्गलिस प्रिमियर लिग अन्त्य भएको छ । लिगमा लिभरपुलले यसअघि नै उपाधिमाथि कब्जा जमाइसकेको छ । च्याम्पियन लिभरपुलसँगै म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सी शीर्ष चारमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुन सफल भएका छन् ।

लेस्टर सिटी पाँचौं स्थान र टोटनहम छैठौं स्थानमा रहेका छन् । त्यसैगरि नर्विच सिटी, वाटफर्ट तथा बर्नमाउथ अन्तिम तीनमा रहँदै दोस्रो डिभिजनमा झरेका छन् ।

लेस्टर सिटीलाई च्याम्पियन्स लिगमा पुर्याउन नसके पनि जेमी भर्डीले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट प्राप्त गरेका छन् ।

उनले यो सिजनमा २३ गोल गरेका थिए । भर्डीले आर्सनलका पिरे इमेरिक औबामेयाङ र साउथ ह्याम्पटनका ड्यानी इन्ग्सलाई पछि पारेका हुन् । यो सिजन दुवैले २२–२२ गोल गरेका छन् ।

Logo