आईपीएलमा पञ्जावको लगातार दोस्रो जित

आईपीएलमा पञ्जावको लगातार दोस्रो जित

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाव किंग्सले लगातार दोस्रो जित निकालेको छ।

लिगमा बुधबार भएको खेलमा पञ्जावले राजस्थान रोयल्समाथि पाँच रनको रोमाञ्चक जित निकालेकाे छ। गुवाहिटीस्थित बार्सापारा क्रिकेट रंगशालामा पञ्जावले १९८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९२ रनमात्र बनाउन सक्यो।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको पञ्जावले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९७ रनको योगफल खडा गरेको थियो।जितसँगै दुई खेलबाट चार अंक जोडेको पञ्जाव तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट दुई अंक जोडेको राजस्थान तालिकाको चौथो स्थानमा छ।

Skip This
Skip This
Logo