वाग्मती प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब शनिबार सम्पन्न वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेका छन् । वाग्मती पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा सम्पन्न प्रतियोगितामा वाग्मतीले एक स्वर्ण, तीन रजत र दुई कांस्य पदकसहित टिम च्याम्पियन बनेकाे हाे ।
६ स्पर्धा समावेश पुरुषतर्फ एपीएफ, कोसी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी र लुम्बिनीले पनि समान १-१ स्वर्ण पदक जितेका छन् । समान एक अंक जितेपनि वाग्मती रजत पदकका आधारमा पहिलो भएको हो । एपीएफले स्वर्ण बाहेक दुई रजत र एक कांस्य पदक जितेको थियो ।
महिला स्पर्धामा पनि ६ वटै स्पर्धामा भिडन्त भएको थियो । जसमा एपीएफले तीन स्वर्ण, एक रजत र एक कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको हो । वाग्मतीले दुई स्वर्ण तथा प्रहरीले एक स्वर्ण हात पारे ।































प्रतिक्रिया