शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमवार तीन खेल हुँदैछन् । आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र विभागीय टोली एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ । चर्च ब्वाइज र एपीएफबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ ।
त्यस्तै आज नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा फ्रेण्ड्स क्लव र नेपाल पुलिस क्लव भिड्नेछन् । खेल दिउँसो २ बजे शुरु हुनेछ । रंगशालामा नै हुने आजको दोस्रो खेलमा मनाङ मर्स्याङदीक्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । मनाङ र थ्री स्टारबीचको खेल साँझ ५ः४५ बजे शुरु हुनेछ ।































प्रतिक्रिया