बेंगलोरविरुद्ध लखनऊको रोमाञ्चक जित

बेंगलोरविरुद्ध लखनऊको रोमाञ्चक जित

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ  सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको छ । 

जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । लखनऊको जितमा निकोलस पुरनले १९ बलमा ४ चौका र ७ छक्कासहित ६२ रनको विष्फोटक ब्याटिङ गरे।

लखनऊलाई जितको लागी अन्तिम ६ बलमा ५ रन चाहिँएको थियो । तीव्र गतिका बलर हर्षल पटेलले जयदेव उनादकटलाई एक रन दिए। फुलटस दोस्रो बलमा मार्क वुडलाई बोल्ड गरेपछि चार बलमा चार रन चाहिँएको थियो । रवि विश्रोईले तेस्रो बलमा दुई रन बटुले । चौथो बलमा एक रन बटुल्दा पाँचौं बलमा लङअनमा जयदेव उनादकट क्याच आउट भए ।

अन्तिम बलमा जितको लागि लखनऊलाई एक रन चाहिँएको थियो । अन्तिम बलमा आवेश खान मिस भएपनि विकेटकिपर दीनेश कार्तिकले रन आउट गर्न चुकेपछि लेगवाइको रुपमा रन बटुल्दै रोमान्चक जित हात पारेको हो ।

बेंगलोरले अव शनिबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । लखनऊले दिल्लीलाई ५० रन र हैदराबादलाई ५ विकेटले हराएको थियो । चेन्नई सुपर किंग्ससँग १२ रनले पराजित भएको थियो । लखनऊले अव शनिबार नै पन्जाबसँग खेल्नेछ ।

Logo