आईपीएलमा मुम्बईसँग दिल्ली पराजित

आईपीएलमा मुम्बईसँग दिल्ली पराजित

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ ।  अरुण जेट्ली स्टेडियममा भएको खेलमा मुम्बईले घरेलु टोली दिल्लीलाई ६ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे।  पहिलो खेलमा दिल्ली लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित भएको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो ।

पहिलो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बेंग्लारसँग पराजित हुँदा दोस्रो खेलमा भने चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।  तेस्रो खेल पहिलो जित हात पारेको मुम्बई २ अंकका साथ १० टोली सहभागी लिगको आठौँ स्थानमा रहेको छ । चार खेलमा अंकबिहिन दिल्ली पुछारमा रहेको छ । 

Logo