फुटबल क्लब खुमलटारले विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । पछिल्लो खेलमा ७ गोल खाएको खुमलटारले दशरथ रंगशालामा शनिबार ३-२ को जित दर्ता गरेको हो ।
खुमलटारको जितमा मेसुके ओलोमोउले २ तथा रेजिन सुब्बाले १ गोल गरे । नवयुग श्रेष्ठ र सुशान्त चौधरीले गोल फर्काएपनि आर्मीले नतिजा बदल्न सकेन । खुमलटारले ४ खेलको जितविहिन यात्रामा पूर्णविराम लाउँदा आर्मी भने लिगमा तेस्रो पटक पराजित भएको हो ।
खुमलटार ९ खेलमा १० अंकसहित दशौँ स्थानमा उक्लँदा आर्मी ३ जित, ३ बराबरी र ३ हारका साथ १२ अंकसहित सातौँ स्थानमा कायम रहेकाे छ ।































प्रतिक्रिया