इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शनिवार भएकाे खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटललाई २३ रनले पराजित गरेको छ।
आईपीएलको २०औँ खेलमा दिल्ली क्यापिटललाई २३ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले सिजनको दोस्रो जीत निकालेको छ ।शुरूआती ब्याटिङ गरेको बैंगलोरले खेलाडी विराट कोहलीको अर्धशतकीय पारीसहित ६ विकेटमा १७४ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको दिल्लीले खराब प्रदर्शन गर्यो । दिल्लीका आधा खेलाडी ५३ रन बनाउँदा आउट भइसकेका थिए । अन्तिम ओभरसम्म ९ विकेटमा दिल्लीले १५१ रन मात्रै बनायो ।































प्रतिक्रिया