ओमानले एसिसी प्रिमियर कपको पहिलो खेलमा कतारलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको हो । ओमानका लागि आयान खानले अर्धशतकीय इनिङ्स खेले । उनी ५९ बलमा सर्वाधिक ६४ रन बनाउँदै अविजित रहे ।
साथै कप्तान जिहान मक्सुदले ४१ रन, सन्दीप गौडले ३४ रन जोडे । कश्यप प्रजापति र मोहम्मद नादिमले समान १८१८ रन जोडे भने अकिव इलियाशले १७ रन तथा जतिन्दर सिंह र अदिलले १६१६ रन जोडे ।
बलिङतर्फ कतारका मोहम्मद र अमिरले समान ३३ विकेट लिए भने इक्रामुल्लाह खानले २ विकेट लिए ।































प्रतिक्रिया