विभागीय नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबमाथि जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रमाथि एपिएफले १-० गोलअन्तरको जित हात पारेको हो । एपिएफको जितमा अर्मान्ड विडोमले खेलको ३९औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
यस जितसँगै एपिएफ १० खेलबाट १४ अंक जोडेर तालिकाको आठौं स्थानमा उक्लिएको छ । पराजित मछिन्द्र भने १३ अंक जोडेर नवौं स्थानमा झरेको छ ।































प्रतिक्रिया