शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुने भएका छन् । एउटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदा अर्को खेल एन्फा मैदान सातदोवाटोमा हुने छ । आजका २ खेलसँगै ए डिभिजन लिगको दशौँ चरणकाे खेल सकिने छ ।
आज दिउँसो ३ बजे थ्रीस्टार र हिमालयन शेर्पा आमने सामने हुने छन् । यो खेल एन्फा मैदानमा हुने छ । जारी प्रतियोगितामा थ्रीस्टार तेस्रो स्थानमा रहेको छ । थ्रीस्टारले ९ खेलबाट १५ अंक जोडेको छ ।
यस्तै, आजै साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने अर्को खेलमा चर्च ब्वाइज र सातदोवाटो आमने सामने हुने छन् । सातदोवाटो छैटौँ जितको खोजिमा रहँदा चर्च ब्वाइज चौथो जितको खोजिमा हुने छ ।





























प्रतिक्रिया