इटालियन क्लब युभेन्ट्स र रोमा युइएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । दोस्रो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग १-१ गोलको बराबरीमा रोकिएपनि समग्रमा २-१ को जित निकाल्दै युभेन्ट्स अन्तिम चारमा पुग्न सफल भएको हो ।
लिस्वनमा बिहीबार राति भएको खेलमा युभेन्ट्सका एड्रिएन राविओटले गोल गर्दा घरेलु टोली स्पोर्टिङका मार्कस इडवार्डले बराबरी गोल फकाएपनि पहिलो लेगमा हार भोगेका कारण टोली अघिल्लो चरणमा पुग्न पर्याप्त भएन।
खेलको नवौँ मिनेटमा एड्रिएन राविओटको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो। २०औँ मिनेटमा मार्कस इडवार्डले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल १-१ गोलको बराबरीमा सकिदा युभेन्ट्स पहिलो लेगमो जितका कारण सेमिफाइनलमा पुग्न सफल भएकाे थियाे।
अर्काे खेलमा रोमाले डच क्लब फियोनुर्डलाई ४-१ ले तथा समग्रमा ४-२ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो। यससँगै युरोपा लिगको सेमिफाइनल समिकरण पूरा भएको छ। अब सेमिफाइनलमा रोमा र बायर लिभरकुसन तथा युभेन्ट्स र सेभियाबीच प्रतिस्पर्धा हुनेछ ।































प्रतिक्रिया