नेपालका युवा अलराउण्डर कुशल मल्लले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध सानदार अर्धशतक प्रहार गरेका छन् ।
टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशलले विष्फोटिङ ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका हुन् । उनले ३० बलमा अर्धशतक पूरा गरे । उनले यसअघि पहिलो खेलमा मलेसियाविरुद्ध पनि सानदार अर्धशतकीय इनिङ्स खेल्दै ‘म्यान अफ दी म्याच’ चुनिएका थिए ।
हाल उनलाई क्रिजमा आरिफ शेखले साथ दिइरहेका छन् । खराव सुरुवात गरेको नेपालले सुरुवाती २७ बलसम्म दुबै ओपनर गुमाउँदै कुनै रन जोड्न सकेको थिएन । २८ औं बलमा पहिलो रन जोडेको थियो । कुशलको अर्धशतकले नेपाललाई राहत पुगेको छ ।





























प्रतिक्रिया