सन्दीप लामिछानेले ओडिआई क्रिकेट इतिहासमा बनाए दुर्लभ कीर्तिमान

सन्दीप लामिछानेले ओडिआई क्रिकेट इतिहासमा बनाए दुर्लभ कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेट इतिहासमा दुर्लभ कीर्तिमान बनाएका छन् । 

एसिसी प्रिमियर कपअन्तर्गत शुक्रबार टियु मैदानमा जारी ओमानविरुद्धको खेलमा विकेट लिँदै सन्दीपले ओडिआई इतिहासकै सर्वाधिक छिटो एक सय विकेट लिने खेलाडीको कीर्तिमान बनाएका हुन् । 

नेपालले दिएको ३१० रनको कीर्तिमानी विशाल लक्ष्य पछ्याएको ओमानविरुद्ध सन्दीपले १२.३ ओभरमा सफिक्वको विकेट लिएका हुन् । उनले ४२ खेलमा १०० विकेट पूरा गरे । जसमध्ये उत्कृष्ट प्रदर्शन ६–११ काे छ । योसँगै सन्दीपले अफगानिस्तानका स्पिनर राशिद खानले सन् २०१८ मा ४४ खेल खेल्दै बनाएको एक सय विकेट पूरा गरेर रेकर्ड आफ्नो नाममा लेखाएका छन् । 

उनी ओडआईमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वकै दोस्रो खेलाडी पनि हुन् । उनले २२ खेलमा ५० विकेट पूरा गरेका थिए । 

साथै उनले एकै ओभरमा ओमानविरुद्ध २ विकेट लिएका छन् । उनले ओभरको अन्तिम बलमा कप्तान जिसन मक्सुदलाई पनि बोल्ड गर्दै पवेलियन फर्काए । हाल ओमान १२ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ५२ रन बनाउँदै खेलिरहेको छ । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१० रनको र्कीतिमानी योगफल बनाएको थियो । एकदिवसीय खेलमा नेपालले यसअघि आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।
    
र्कीतिमानी लक्ष्य बनाउनका लागि नेपालका लागि कुशल मल्लले पहिलो शतकीय पारी खेले । कूल ६४ बल खेलेका मल्लले १० छक्का र नौ चौकाको सहयोगमा १०८ रन बनाए । खेलको सुरुआत निकै खराब भए पनि मध्येक्रमका ब्याटरले राम्रो साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुुगेको हो । 

दुवै ओपनर शून्य रनमा आउट भएपछि नेपालले खेलको २८औँ बलमा मात्रै खाता खोलेको थियो । तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भीम ३३ रनमा आउट भए । 

पाँचौँ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए ।  यसैगरी सोमपाल कामीले ४८ बलमा ६३ रनमा अविजित रहे । सोमपाल कामीले ४९ बलमा ७ चौका प्रहार गरे । त्यस्तै करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।
    
बलिङतर्फ ओमानका लागि आयान खानले दुई विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान एक/एक विकेट झारे । 

Skip This
Skip This
Logo