पीएम कप क्रिकेट : आज २ खेल हुँदै

पीएम कप क्रिकेट : आज २ खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । दुवै खेल बिहान ९ बजे सुरु हुनेछ ।

आज साविक विजेता पुलिस र सुदूरपश्चिम बीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । समूह बी मा रहेका दुवै टोली पहिलो जितको खोजीमा छन् ।

यस्तै समूह ए मा रहेका त्रिभुवन आर्मी क्लब र प्रदेश १ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । साविक उपविजेता आर्मी लगातार दुई खेल जित्दै ४ अंकसहित समूह ए को शीर्ष स्थानमा छ । आर्मीले गण्डकी र कर्णाली प्रदेशलाई पराजित गरेको थियो । यता प्रदेश १ पहिलो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो ।

Logo