रियल म्याड्रिडले स्पेनिल ला लिगाको उपाधि जित्ने सम्भावनालाई बढाएको छ।सेल्टा डि भिगोमाथि सहज जित हात पार्दै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरीसमेत छोट्याएको छ ।
रियलले घरेलु मैदानमा सेल्टालाई २-० ले पराजित गर्दै बार्सिलोनासँगको दुरी छोटाएको हो। यस जितसँगै दोस्रो स्थानमा रहेको रियलले बार्सिलोनासँगको ८ अंक छोट्याउन सफल भएको छ, बार्सिलोनासँग ७३ अंक छ। रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको ४२औँ मिनेटमा रियलका मार्को एसेन्सियोको गोल गरे । पहिलो हाफ १-० को स्थितिमा रहन पुग्यो ।
यसैगरी दोस्रो हाफको सुरुवाती अर्थात ४८औँ मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियलको अग्रता २-० को स्थीतिमा रहन पुग्यो। त्यसपछि कुनै नतिजा निस्कन सकेन र खेल २-० मा टुंगियो। यस जीतसँगै रियलले ३० खेलबाट ६५ अंक बटुलेको छ भने पराजित सेल्टा ३६ अंक जोडेर १२औँ स्थानमा सिमित रहेको छ ।































प्रतिक्रिया