अग्रता जोगाउन नसक्दा बायर्नकाे हार

अग्रता जोगाउन नसक्दा बायर्नकाे हार

केन्द्रबिन्दु
0
Shares

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।

शनिबार राति भएको खेलमा बायर्नलाई मैन्जले ३-१ गोल अन्तरले हराएको हो । सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा बायर्नले हार व्यहोरेको हो । खेलको २९ औं मिनेटमा साडियो मानेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ६५ औं मिनेटमा लुडोभिचले गोल गर्दै मैन्जलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ७३ औं मिनेटमा लिन्ड्रो बारिरोले गोल गर्दै मैन्जलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा आरोन कारिकोलले गोल गर्दै मैन्जलाई ३-१ को जित दिलाए । जितसँगै मैन्जले २९ खेलमा ४५ अंक जोडेको छ । मैन्ज छैटौं स्थानमा रहेको छ । बायर्नले ५९ अंक जोडेको छ ।

Logo