जतिन्दरको शतकमा ओमानले निकाल्यो मलेसियामाथि सहज जित

जतिन्दरको शतकमा ओमानले निकाल्यो मलेसियामाथि सहज जित

केन्द्रबिन्दु
0
Shares

आइतबार ओमानले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध आठ विकेटको सहज जित निकाल्यो । मलेसियाले प्रस्तुत गरेको २२८ रनको लक्ष्य ओमानले ४१.४ ओभरमा दुई विकेट गुमाएर भेटायो । 

ओमानको जितमा जतिन्दर सिंहले १०१ रन बनाए । उनले १११ बलमा १३ चौका र एक छक्का प्रहार गरे । कश्यप प्रजापतीले ६६ र कप्तान जिसान मक्सुदले ५२ रन बनाए । मलेसियाका मुहम्मद अमिरले दुई विकेट लिए । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको थियो ।

मलेसियाका विरन्दिप सिंहले ९४ रन बनाए । विरन्दिपले १४४ बलमा १३ चौका प्रहार गरे । मुहम्मद सहादतले ५५, मुहम्मद अमिरले २०, मुहम्मद वफिकले १९ र सयेद अजिजले १८ रन बनाए ।

ओमानका कप्तान जिसन मक्सुदले चार विकेट लिए । १० ओभर बलिङ गरेका मक्सुदले ३५ रन खर्चिए । बिलाल खान र आयान खानले समान दुई विकेट लिँदा कलिमुल्लाहले एक विकेट हात पारे ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको ओमान तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको मलेसिया तालिकाको तेस्रो स्थानमा छ ।

Skip This
Skip This
Logo