वर्षाका कारण साउदीविरुद्ध नेपालको खेलमा टस हुन सकेन

वर्षाका कारण साउदीविरुद्ध नेपालको खेलमा टस हुन सकेन

केन्द्रबिन्दु
0
Shares

एसीसी पुरुष प्रिमियर कपअन्तर्गत साउदीविरुद्ध नेपालको खेलमा ढिलाइ भएको छ । तालिकाअनुसार ९ बजे देखि सुरू हुने खेल वर्षाका कारण टस हुन नसक्दा ढिला भएको हो । मुलपानी मैदानमा नेपाल र साउदी अरबका बीच खेल तय भएको थियो ।

कीर्तिपुरस्थित खेल मैदानमा भने हङकङ र बहराइन खेल्नेछन् । यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो । त्यस्तै साउदी अरबले कतारलाई सात विकेटले हराएको थियो ।

दुवै विजेता टोली आज मैदानमा उत्रन लागेका हुन् । आजको खेल जिते नेपालले सेमिफाइनलमा स्थान सुरक्षित बनाउनेछ ।

Skip This
Skip This
Logo