कतारविरुद्ध संकटमा नेपाल, गुम्याे छैटौं विकेट

कतारविरुद्ध संकटमा नेपाल, गुम्याे छैटौं विकेट

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा कतारविरुद्ध खराब ब्याटिङ गरेको छ। 

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८८ रन बनाउँदा ६ विकेट गुमाएको हो । छैटौं विकेटका रुपमा नेपालले सोमपाल कामीलाई गुमाएको हो । उनी २७ बलमा ११ रन बनाउँदै आउट भए । 

हाल आरिफ शेख र दीपेन्द्रसिं ऐरी क्रिजमा अविजित छन् ।  

यसअघि ओमानविरुद्ध शतक हानेका युवा अलराउन्डर कुशल मल्ल ३ रनमै आउट भए ।  नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए। साथै आसिफ शेख १९ रन बनाएर १२४ ओभरमा आउट हुँदा कप्तान रोहितकुमार पौडेल २७ रन बनाउँदै पवेलियन फर्किए ।  

बलिङमा कतारका मुनवीरा र ओवाइस अहमेदले २/२ विकेट लिएका छन्। 

Logo