खेलकुद बीमालेखको मस्यौदामाथि बिहीबार छलफल भएको छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जोखिम बहन गराउने उदेश्यबाट खेलकुद विमालेख तयार गर्न लागिएको हो । नेपाल बीमा प्राधिकरणले तयार पारेको मस्यौदामाथि राष्ट्रिय खेलकुद परिषद्मा छलफल भएको हो ।
खेलाडी तथा खेल पदाधिकारीहरुको जोखिम बहन गराउनु आवश्यक भएकाले खेलाडी बीमा गराउनु आफ्नो पहिलो उदेश्य भएको भन्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छिटै लेख कार्यान्वयनमा ल्याउन सुझाव दिए । खेलाडी, प्रशिक्षक, रेफ्री, खेल पदाधिकारी तथा खेल कर्मचारीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा हुने दुर्घटनाबाट पुग्ने क्षति न्यूनीकरण र बहनका लागि बीमालेख आवश्यक भएको हो ।
कार्यक्रममा परिषद्का सदस्यहरु, विभागीय प्रमुख तथा सरोकारवालाहरुको सहभागिता थियो





























प्रतिक्रिया