ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन्।

लिगको १३ औँ चरण अन्तर्गत शुक्रबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेसमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र आर्मीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ।

यस्तै एन्फा कम्प्लेक्समा न्युरोड टिम एनआरटी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी र थ्री स्टारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

Skip This
Skip This
Logo