कुवेतविरुद्ध नेपालको सानदार सुरुवात

कुवेतविरुद्ध नेपालको सानदार सुरुवात

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली नेपालले एसिसी प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनल अन्तर्गत कुवेत सानदार सुरुवात गरेको छ ।  

कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा नेपालले दिएको २८२ रनको विशाल लक्ष्य पाएको कुवेतले २ ओभरमै ओपनर अडान इड्रेस र परविन्द कुमारलाई गुमाएको हो । पहिलो ओभरको पाँचौ बलमा करण केसीले इड्रेसलाई शून्य रनमै क्याचआउट गराए भने दोस्रो ओभरको तेस्राे बलमा सोमपाल कामीले परविन्दलाई पवेलियन फर्काए । 

यसअघि हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २८१ रन बनाएको थियो । वर्षाका कारण करिब दुई घण्टा अवरुद्ध भएको ५० ओभरको खेललाई ४२ ओभरमा घटाएर सुरु गरिएको थियो । 

नेपालका लागि कप्तान रोहित पौडेलले सानदार अर्धशतकीय इनिङ खेले । उनी ठूलो शट हान्ने क्रममा शतकका लागि ६ रनबाट मात्रै चुके । उनले ९५ बलमा ९४ रन जोडे । साथै युवा अलराण्डर कुशल मल्लले पनि ५७ रनको अर्धशतकीय इनिङको योगदान दिए । आरिफ शेख १९ रनमा आउट हुँदा सोमपाल कामी १३ रनमा अविजित रहे । 

त्यसअघि नेपालले २२ दशमलव तीन ओभरमा तीन विकेट गुमाएर एक सय ४१ रन बनाएपछि पानी परेको थियो ।  कुशल भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । उनी १०औं ओभरको पाँचौं बलमा यासिन पटेलबाट क्याच आउट भएका थिए । त्यसपछि ११औं ओभरको तेस्रो बलमा भीम सार्की र १२ औं ओभरको दोस्रो बलमा अर्का ओपनर आसिफ शेख ३१ रनमा क्याच आउट भएका थिए ।

बलिङतर्फ कुवेतका मोहम्मद अस्लाम र अडान इड्रेसले समान ३/३ विकेट लिए भने यासिन पटेल र सायद मोनिवले एकएक विकेट लिए ।

Skip This
Skip This
Logo