ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

केन्द्रबिन्दु
0
Shares

ओमान आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ । 

आइतबार एसिसी प्रिमियर कपमा वर्षाको कारण तेस्रो स्थानको लागि कुवतेसँगको खेल वर्षाको कारण रद्द भएसँगै ओमान इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो । खेलको दोस्रो इनिङ हुन नसकेपछि ओडिआई वरियताका कारण ओमान छनोट भएको हो । एकदिवसीय वरीयतामा ओमान १८ औँ स्थानमा छ । कुवेतले भने एकदिवसीय मान्यता पाएको छैन ।

जितको लागि १३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा ४१ रन बनाउँदा कुनै विकेट नगुमाउँदा वर्षाको कारण खेल रोकिएको थियो । ओमानका जतिन्दर सिंहले २६ रन तथा कश्याप प्रजापति १३ रनमा अविजित थिए । त्यसपछि निरन्तर वर्षाका कारण खेल हुन सकेन । 

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेत ३१.३ ओभरमा १३० रनमा अलआउट भएको थियो । कुवेतका लागि ओपनर आदनान इद्रिसले सर्वाधिक ३४ रन जोडे । साथै सैयद मुनिबले २८ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । 

बलिङतर्फ ओमानका स्पिनर जय ओडेराले सर्वाधिक ५ विकेट लिए । साथै  बिलाल खानले २ विकेट लिए भने आयन खान, जिशान मकसुद र जतिन्दर सिंहले समान एकएक विकेट लिएका थिए ।

नेपाल र यूएईले यसअघि नै इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाइसकेका छन् । भोलि नेपाल र यूएईबीच फाइनल खेल हुनेछ । विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

Skip This
Skip This
Logo