विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज थापा पराजित

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज थापा पराजित

केन्द्रबिन्दु
0
Shares

आईबीए मेन्स विश्व बक्सिङ्ग च्याम्पियनसिपमा नेपाली मुक्केबाज भुपेन्द्र थापा जर्मनीका गोक्दुमान देवरामसंग अंकको आधारमा पराजित भएका छन् । 

अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबीएको आयोजनामा उज्वेकिस्तानको राजधानी तास्कान शहरमा भइरहेको विश्व बक्सिङ्ग च्याम्पियनसिपमा थापा ४ः१ (स्प्लिट) अंकमा पराजित भएको नेपाल बक्सिङ संघले जनाएको छ । 

नेपाली मुक्केबाज थापाले ६०–६३.५ किलो तौल समूहमा जर्मनीका मुक्केबाज देवरामसंग प्रतिष्पर्धात्मक खेल गुमाएका हुन् । थापा १३औं सागका स्वर्ण पदक विजेता खेलाडी हुन् ।  

यस्तै, ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्न नेपाली मुक्केबाज रविन थापा पनि तास्कान पुगिसकेका छन् । थापाले उज्वेकिस्तानी बक्सरसंग भोलि बिहीबार  प्रतिस्पर्धा गर्नेछन् । थापासहित नेपाली टोलीका प्रशिक्षक निवर्तमान मुख्य प्रशिक्षक प्रकाश थापामगर र सुजित पुन मगरलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले सहिको टोलीले गत साताको शुक्रबार विदाई गरेका थिए ।

Skip This
Skip This
Logo