सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी

सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी

केन्द्रबिन्दु
0
Shares

मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी भएको छ। शनिबार राति भएको इङ्लिस प्रिमियर लिगको खेलमा ब्रेन्टफोर्डलाई १-० गोलले पराजित गर्दै लिभरपुल बिजयी भएको हो।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलको १३औँ मिनेटमा गोल गर्दै सालाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए। भर्जिल भान्डाइकले पासलाई सदुपयोग गर्दै सालाहले पहिलो हाफमा नै  १-० को अग्रता कायम गराउन सफल भए। 

त्यसपछि दुवै टिमवाट गोलका लागि अनवरत प्रयास गरे पनि कतैवाट पनि गोल हुन सकेन । अन्ततः खेल १-० मा नै टुंग्याउँदै लिभरपुल बिजयी भयो ।  लिग तालिकाको पाँचौं स्थानमा रहेको लिभरपुलले यस जितसँगै ३५ खेलबाट ६२ अंक बटुलेको छ भने समान खेलबाट ५० अंकसहित ब्रेन्टफोर्ड नवौँ स्थानमा सिमित रहेको छ । 

Logo