काठमाडौं ।
स्पेनिस ला लिगाको यस सिजनको खेल सकिएको छ । आइतबार रातिबाट सकिएको अन्तिम खेलमा बार्सिलोनाले अलाभेसविरुद्ध सानदार जीत दर्ता गरेको छ।
सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टिम अलाभेसविरुद्ध ५–० गोल अन्तरको जीत निकालेको हो।
बार्सिलोनाको जीतका लागि लियोनेल मेस्सीले २ गोल गरेका थिए । यस्तै अन्सु फाती, लुइस सुआरेज र लेन्सल सेमेदोले समान १–१ गोल गरे । यो खेलसँगै ला लिगाको जारी सिजन समाप्त भएको छ।





























प्रतिक्रिया