घरेलु मैदानमा रियल म्याड्रिडको कठिन जित

घरेलु मैदानमा रियल म्याड्रिडको कठिन जित

केन्द्रबिन्दु
0
Shares

घरेलु मैदानमा रियल म्याड्रिडले कठिन जित निकालेको छ। स्पेनिस ला लिगाको जारी खेलमा रियलले गेटाफेमाथि १-० को झिनो जित निकालेको हो ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।  घरेलु टोली रियल माथी चर्को दबाबमा राखे पनि गेटाफेले कुनै गोल गर्न सकेन । रियललाई गोलरहित अवस्थामा राख्ने रणनीति अनुसारअ अघि बढेको गेटाफेले पहिलो हाफमा कुनै गोल गर्न दिएन । 

तर, दोस्रो हाफमा मार्को एसेन्सियोले गोल गरे पछि रियलले १-० को अग्रता लिन सफल भयो । दुवैतर्फवाट कुनै गोल हुन नसके पछि लुकास भास्क्वेजको पासमा एसेन्सियोले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

खेल १-० मा टुंगियो ।  यस जितसँगै दोस्रो स्थानमा उक्लिएको रियलले ३४ खेलबाट ७१ अंक जम्मा गरेको छ भने पराजित गेटाफे ३४ अंक जोडेर १८औं स्थानमा सिमित छ ।

Skip This
Skip This
Logo