लिग लिडर जावलाखेल अग्रता जोगाउन नसक्दा मनाङसँग रोकियो

लिग लिडर जावलाखेल अग्रता जोगाउन नसक्दा मनाङसँग रोकियो

केन्द्रबिन्दु
0
Shares

जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबसँग अंक बाँडेको छ । 

आइतबार च्यासल मैदानमा भएको खेलमा लिग तालिकाको शीर्ष स्थानमा रहेको जावलाखेलले मनाङसँग २-२ गोलको रोमाञ्चक बराबरी खेलेको हो । जावलाखेलले २-० को अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य बनेको हो । 

खेलको ३३औँ मिनेटमा गोल गर्दै जावलाखेलका एनकोतो मासोअबीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ७५औँ मिनेटमा हिसुव थपलियाले गोल गर्दै जावलाखेललाई जिततर्फ डाेर्याएका थिए । तर, त्यसपछि भने जावलाखेल अन्तिम १० मिनेट सम्हालिन सकेन । 

खेलको ८०औं मिनेटमा विशोन गुरुङले गोल गर्दै मनाङलाई खेलमा फर्काए । त्यसपछि निर्धारित समयको अन्तिम मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै जावलाखेलबाट अंक खोस्न सफल भए । 

यो बराबरीसँगै जावलाखेलले शीर्ष स्थानमा अग्रता लिने मौका गुमाएको छ । जावलाखेल ३१ अंक सहित शीर्ष स्थानमा रहँदा मनाङ २२ अंकसहित आठौं स्थानमा छ ।

Logo