विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले एपिएफ फुटबल क्लबमाथि जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले एपिएफलाई १–० ले पराजित गरेको हो । पुलिसको जितमा दोस्रो हाफको ६१औं मिनेटमा विदेशी फरवार्ड मोसेसले गरेको एकमात्रै गोल निर्णायक बन्यो ।
जितसँगै पुलिस १८ खेलबाट २२ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित एपिएफ भने समान खेलबाटै २२ अंक रहेपनि हेड टु हेडमा पछि रहँदै ११औं स्थानमा छ ।
साथै दशरथ रंगशालामा भएको अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लबले १-१ को बराबरी खेलेका छन् । थ्री स्टार १८ खेलमा २६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने आर्मी २५ अंकसाथ छैटौं स्थानमा छ ।































प्रतिक्रिया