नाडालले फ्रेन्च ओपन नखेल्ने

नाडालले फ्रेन्च ओपन नखेल्ने

केन्द्रबिन्दु
0
Shares

स्पेनी टेनिस प्लेयर राफेल नाडालले यो वर्षको फ्रेन्च ओपन टेनिस नखेल्ने भएका छन्। हिपमा चोट बोकेपछि क्ले कोर्टका बादशाह नाडाल १९ वर्षमा पहिलो पटक प्रतिनियोगिता बाहिर रहने भएका हुन्।

२२ पटक ग्रान्डस्लाम टेनिसको उपाधि जितेका उनले फ्रेन्च ओपनको उपाधिमात्रै १४ पटक उचालेका थिए।

नाडालले फ्रेन्च ओपनमा आफ्ना १ सय १५ खेलमध्ये ३ खेलमात्रै हारेका छन्। ३६ वर्षे नाडालले सन् २०२४ को सिजनपछि व्यवसायिक खेल जीवनबाट सन्यास लिने तयारी गरेको बताएका छन्।

Logo