मुकेश पाल र राजपुरा पछाईंले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन्। ‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित कान्तिपुर हाफ म्याराथनको ११ औँ संस्करणको विजेता बन्दा नेपाल आर्मी क्लबका मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्डको समय निकालेर उनी पहिलो पटक विजेता बनेका हुन्।
आर्मीकै राजन रोकाय दोस्रो भए। उनले १ घन्टा ७ मिनेट ५५ सेकेन्डको समय निकाले। बागलुङ घर भई भारतीय सेनामा कार्यरत तीर्थ पुन तेस्रो भए। उनले १ घन्टा ९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेका थिए।
महिलातर्फ राजपुराले आफ्नो उपाधि रक्षा गरिन्। गत वर्षकी विजेता नेपाल पुलिस क्लबकी राजपुराले १ घन्टा १९ मिनेट १६ सेकेन्डको समय निकालिन्। उनले गत वर्ष १ घन्टा १९ मिनेट ६ सेकेन्डमा दौड पूरा गरेकी थिइन्।
हाफ म्याराथन पुरुष र महिला दुवैको विजेताले जनही १ लाख पाउने छन् । त्यस्तै दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौं हुनेले ५ हजार पाउने छन्।































प्रतिक्रिया