एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबलः भारत र उज्वेकिस्तानको विजयी सुरुआत

एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबलः भारत र उज्वेकिस्तानको विजयी सुरुआत

केन्द्रबिन्दु
0
Shares

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरु प्रतियोगितामा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को साझो सेटमा पराजित गरेको हो । २७–२५,२५–२० र २५–१४ ले तीन सेट नै आफ्नो पक्षमा पार्दै उज्वेकिस्तानले जित हात पारेको हो । 

राष्ट्रिय खेलकुद परिषद राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोली सहभागि छन् । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता छ ।

समूह 'ए' मा घरेलु टोली नेपाल सहित भारत, बंगलादेश र किर्गिस्तान तथा समूह 'बी' मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।

आजै भएकाे खेलमा भारतले सानदार विजयी सुरुवात गरेको छ । भारतले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

उपाधि दावेदार नेपालले पनि आज किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 

Skip This
Skip This
Logo