किर्गिस्तानलाई पराजित गर्दै नेपालको सानदार सुरुवात

किर्गिस्तानलाई पराजित गर्दै नेपालको सानदार सुरुवात

केन्द्रबिन्दु
0
Shares

उपाधि दाबेदार नेपालले एनएससी– काभा महिला भलिबल च्यालेन्ज कपमा सानदार विजयी सुरुवात गरेको छ । 

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार भएको खेलमा घरेलु टोली नेपालले किर्गिस्तानमाथि ३-० को सोझो सेटको जित हात पार्दै विजयी सुरुवात गरेको हो । २५–११, २५–१९ र २५–११ ले तीन सेट नै आफ्नो पक्षमा पार्दै नेपालले जित दर्ता गरेको हो ।  

च्यालेन्ज कपको प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले एक विशेष समारोहका बीच उद्घाटन गरेका थिए । घरेलु मैदानमा नेपाल ह्याट्रिक उपाधि उचाल्ने योजनामा छ । अघिल्ला दुई संस्करणमा उपाधि उचालिसकेको र यस संस्करणमा घरेलु कोर्टको फाइदा उठाउँदै नेपाललाई ह्याट्रिक गर्ने मौका पनि छ । 

जारी प्रतियोगितामा ८ टोली सहभागि छन्, जसलाई २ समूहमा बाँडिएको छ । समूह ‘ए’ मा घरेलु टोली नेपाल सहित भारत, बंगलादेश र किर्गिस्तान तथा समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।

आजै भएको खेलमा उज्वेकिस्तानले श्रीलंकालाई र भारतले बंगलादेशमाथि ३–० को सोझो सेटको जित हासिल गरिसकेका छन् । दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । 

Skip This
Skip This
Logo