ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (मंगलबार) दुई खेलहरु हुँदैछन्। लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत मंगलबार दुई खेलहरु हुनेछन्।

जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल दशरथ रंगशालामा हुनेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ।

सातदोबाटो र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। यस्तै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल पनि दिउँसो  ३ बजे बाटै सुरु हुनेछ।

Skip This
Skip This
Logo