बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

नेपालले सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ काे सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा बंगलादेशमाथि ३-० को सोझो सेटमा जित हात पार्दै नेपाल सेमिफाइनलमा पुगेको हो । तुलनात्मक रुपमा कमजोर टोली बंगलादेशविरुद्ध पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रोमा २५–८ र तेस्रोमा २५–९ को सहज जित जित्न सफल भयो । 

पहिलो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै सुखद् सुरुवात गरेको घरेलु टोली नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग भिड्नुअगावै सेमिफाइनलमा स्थान बनाएको हो ।

बंगलादेश पहिलो खेलमा पनि भारतसँग पराजित भएको थियो । 

Skip This
Skip This
Logo