घरेलु टोली नेपाल राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि होडबाट बाहिरिएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा नेपाल कजाकस्तानसंग ३-२ सेटले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा भएको खेल निकै प्रतिस्पर्धात्म बनेको थियो । पहिलो सेट गुमाएको नेपालले दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पार्दै फाइनलमा उत्रने सम्भावनालाई प्रवल बनाएको थियो । तर, चौथो र पाँचौ सेट सहजै गुमाउँदै नेपाल बाहिरिएको हो ।
पहिलो सेट संघर्षपूर्ण खेलमा गुमाएको नेपालले दोस्रो सेटमा सहजै आफ्नो पक्षमा पारेको थियो । नेपालले पहिलो सेट कजाकस्तानसंग ३०–२८ ले सेटले गुमाएको थियो । दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो सेटमा २५–१५ ले शानदार निकाल्दा चौथो सेट २५ – १८ र पाँचौ तथा निर्णायक सेटमा १५ ७ मै नेपाल समेटियो ।
अब कजाकस्तानले उपाधिका लागि भारतसँग खेल्ने भएको छ । भारतले आजै उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । फाइनल खेल यही जेठ १४ गते हुनेछ ।































प्रतिक्रिया